दमक/दमक नगरपालिकाका प्रमुख एवं राप्रपाका कोशी प्रदेश समिति अध्यक्ष रामकुमार थापालाई विराटनगर लिएर गएका गाडी चालक प्रकाश भण्डारीको अकस्मात मृत्यु भएको छ । थापा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर गएका थिए ।
कार्यक्रम चलिरहेका बखतनै भण्डारीले अकस्मात आफूलाई छातीमा केही असहज भएको बताएपछि तत्कालै उपचारका लागि नोबल अस्पताल विराटनगर लगिएकोमा तत्कालै चिकित्सकहरुले भण्डारीलाई मृत घोषणा गरेका राप्रपाका क्षेत्रीय अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले जानकारी दिए । उनको ह्दयघातका कारण अचानक मृत्यु भएको अस्पताललाई उदृत गर्दै वडाध्यक्ष पौडेलले जानकारी दिए । उनको शव लिनका लागि दमकबाट एउटा टोली त्यसतर्फ गइसकेको वडाध्यक्ष पौडेलले बताए ।

Facebook Comments Box