झापा/ झापाको कन्काई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र  ५३ बर्षीय टेक बहादुर कार्की बिच यही बैशाख ८ गते बेलुका घरायशी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई घाइते बनाएकी थिएइन । उनको प्रादेशिक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा आइतबार बिहान घरैमा मृत्यु  भएको हो ।  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box