दमक/ लामो समयदेखि सामाजिक तथा व्यवसायीक क्षेत्रमा स्थापित लायन्सकर्मी बबरजंग थापा किरणले लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नरमा उम्मेदवार दिने औपचारिक घोषणा गरेका छन ।
दमक ५ निवासी थापासहितको टिमका उम्मेदवारहरुको शुक्रबार विराटनगरमा औपचारिक उम्मेदवारी घोषणा गरिएको हो ।
दमकको पहिलो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब माउण्ट एभरेष्टका संस्थापक सदस्य समेत रहेका थापालाई माउण्ट एभरेष्टसहित झापा, मोरङ , सुनसरीमा क्रियाशील विभिन्न लायन्स क्लबहरुले संयुक्त रुपमा सेकेन्ड भाइस गभर्नरको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन ।
लायन्सको क्षेत्रमा झण्डै दुई दशक बिताएका थापालाई सहायक सेकेण्ड भाइस गभर्नरमा अघि सार्नुको विकल्प नरहेको भन्दै देशैभर लायन्स क्लबहरुले अभियाननै सञ्चालन गरेका लायन लिडर नेत्र चम्लागाइँले बताए ।

को हुन बबरजंग थापा ?

लायन्स क्लबका क्षेत्रमा १९ बर्षदेखि सक्रिय बबरजंग थापा अन्य क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । सामाजिक क्षेत्रमा लायन्स क्लब मार्फतनै आफूलाई परिचित गराएका थापा हाल डिस्ट्रिक ट्रेजर (कोषाध्यक्ष)को भुमिकामा छन । यस अघि उनी इन्भायरोमेन्ट चिफ ( वातावरण प्रमुख) थिए ।
वर्ष २०१३÷२०१४ मा क्लव अध्यक्ष भएर लायन्सको विभिन्न पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थापा दमक उद्योग वाणिज्य संघका पूर्व तृतीय उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका उपसचिव, दमक नगरपालिका खेलकुद समितिका पुर्व सदस्य समेत हुन ।

Facebook Comments Box