दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ बर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गरेका छन । मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा बर्ष २०७९ मा तीनै तहका निर्वाचन सम्पन्न भई सरकार गठन भइसकेकाले अब विभिन्न आन्दोलन मार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने सबैको साझा जिम्मेवारी र दायित्व भएको उल्लेख गरेका छन ।

प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम प्रदेशवासीको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि हासिल गर्न दृढ सङ्कल्पित रहेको पनि मुख्यमन्त्री कार्कीले जारी गरेको सन्देशमा उल्लेख छ । (मुख्यमन्त्री कार्कीबाट जारी शुभकामना सन्देश हेर्नुहोस जस्ताको तस्तै )

शुभकामना सन्देश

कोशीप्रदेश,विराटनगर, नेपाल
  मुख्यमन्त्री

नयाँबर्ष २०८० सालको सुखदउपलक्ष्यमा स्वदेश तथाविदेशमा रहनुभएका सम्पूर्ण नेपालीदाजुभाइदिदीबहिनीहरुमानयाँउत्साह,जोसजाँगर र उमङ्गसहित सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यएंवउत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँवर्षको आगमनसँगै मुलुकशान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ,सुखी र समुन्नतप्रदेशको लक्ष्यहासिल गर्ने स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदाहामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलकबन्न सकोस भन्ने कामना गर्दछु ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइ लामो समयदेखिको राजनीतिक सङ्क्रमण समाप्तभएको र दुईवटा आमनिर्वाचन सम्पन्नभएर मुलुक सङ्घीयता कार्यन्वयनको दिशामा अघि बढिरहेको छ । यस घडीमा विभिन्नआन्दोलनमार्फत प्राप्त राजनीतिकउपलब्धिको रक्षागर्दै देशमाआर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझाजिम्मेवारी र दायित्वहो ।
वर्ष २०७९ निर्वाचनमार्फत तीनतहकै नयाँ सरकार गठन गरी सङ्घीयताको कार्यान्वयनपक्षलाई थपमजबुतबनाउनएंवनामकरण मार्फत प्रदेश संरचनाको संस्थागतविकासकालागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रह्यो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो आमनिर्वाचनमार्फत भर्खरै गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहितआमप्रदेशवासीको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि हासिल गर्न दृढ सङ्कल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।
प्रदेशभित्र रहेका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचितउपयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नतबनाउने दायित्वहाम्रो काँधमाआएको छ । नयाँवर्ष २०८० कोशीप्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अङ्कितहुने विश्वास मैले लिएको छु । यसकालागि सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग र योगदान पुर्याउँदै विकास निर्माण र समृद्धि प्राप्तिको यस महाअभियानमा सहभागीहुन म हार्दिक अपीलगर्दछु । अन्त्यमा, नयाँआशा, उमङ्ग र उत्साह सहितनयाँवर्ष २०८० ले सुखी र खुसीको सञ्चार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

 

 

……………..……..

हिक्मतकुमार कार्की
मुख्यमन्त्री

Facebook Comments Box