दमक/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।
११ औं नगर अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्षमा सीता कार्की, उपाध्यक्षमा देवीमाया गौतम, सचिवमा चन्द्रकला विश्वकर्मा, सहसचिवमा तारा नेउपाने पाठक र कोषाध्यक्षमा नर्वदा गौतम अधिकारी रहेका छन । बाहिरिएको विवरण अनुसार नगर कमिटी २७ सदस्यीय रहेको छ । कमिटीका पदाधिकारीसहित सदस्यहरुको नाम एकैपटक सार्वजनिक भएको हो ।
नगर अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयासमा सहमति नजुटेपछि आंशिक पदहरुमा निर्वाचन समेत भएको थियो । निर्वाचित कमिटीको नामावली सामाजिक सञ्जालहरुमार्फत बाहिरिएको हो ।

Facebook Comments Box