प्रधानमन्त्री दाहाल विरूद्ध नाराबाजी गर्ने ३ युवा पक्राउ

Author Nishkarsha News
२०७९ चैत्र ७, मंगलवार १८:५४

काठमाडौँ/  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध ३ जना युवाले नाराबाजी गरेका छन् ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा उनीविरुद्ध ३ जना युवाले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरुलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेका थिए । उनीहरुले ‘आतंककारी प्रचण्ड मुर्दाबाद’ जस्ता नारा लगाएका थिए ।

उक्त कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले उनीहरुलाई समाउन खोजेपछि नाराबाजी गरेका थिए । उनीहरुले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, बैंकको मिटर ब्याज मिनाह गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं, आतंककारी प्रचण्ड मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि प्रचण्ड उक्त समारोहमा पुगेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्