दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं ३ का १९ बर्षीय मुस्कान लिम्बु र २३ बर्षीया स्वस्तिका लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।