दमक नगरले दुई सडक बालकको जिम्मा लियो

Author Nishkarsha News
२०७९ चैत्र १, बुधबार २१:३२

दमक/ दमक नगर क्षेत्रबाट तीन बर्ष अघि उद्धार गरि ईटहरीस्थित बाल आवाजमा राखिएका दुई सडक बालकको आज (बुधबार) देखि दमक नगरपालिकाले अभिभावकत्व लिएको छ ।
२०७६ साल पुषमा दमकको सडकबाट उद्धार गरी त्यहाँ लगिएका १० र १२ बर्षका दुई बालकलाई नगरपालिकाको संरक्षणमा राखेर अध्ययन गराउने गरि जिम्मा लिईएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले जानकारी दिइन । नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले कुलतमा फसेका ति दुई बालकलाई दमकको सडक बाट उद्धार गरि तिन बर्ष सम्म ईटहरीस्थित बाल आवाजमा राखिएकोमा अहिले उनीहरुले समाजमा पुनस्र्थापना हुन चाहेकाले नगरको बाल अधिकार समितिको निर्णय अनुसार नगरपालिकाले उनीहरुको संरक्षणको जिम्मा लिएको हो ।
दमकस्थित बाल आश्रममा राखेर उनीहरुलाई अध्ययन गराईने नगर उपप्रमुख भट्टराईले बताइन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्