दमक/ दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।
व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा मनाईएको वेष्ट फेक्टरीका मेनेजिङ्ग डाइरेक्टर बिशाल पौडेलले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यमा आयोजित बार्षिकोत्सवमा विभिन्न क्षेत्रका चार जना अग्रजलाई आजीवन सदस्यता वितरण गर्नुका साथै शारीरिक अभ्यासका लागि उपयोगी सउना, स्टिम लगायतका सेवा विस्तारको उद्घाटन गरिएको थियो । व्यामशालामा शारीरिक अभ्यासका लागि ती प्रविधि जडान गरि सञ्चालनमा ल्याइएको हो ।
त्यस अवसरमा वेष्ट फेक्टरीले दमक नगर प्रमुख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र ब्राण्ड एम्बेसडर विकास लिम्बूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रममा वक्ताहरुले स्वस्थ्य शरीरका लागि यस्ता व्यामशाला उपयोगी हुने भएकाले समाजमा अझै चेतनाको खाँचो रहेको औल्याएका थिए ।
कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले स्वस्थ्य जीवनयापनमा यस्ता व्यामशालाको भूमिका माथि चर्चा गरेका थिए ।
दमकका युवाहरु विनोद भट्टराई, विपीन सुवेदी, सुमन गौतम र विशाल पौडेलले वर्षदिन अघि सो व्यामशाला सञ्चालनमा ल्याएका हुन् । दमकका अन्य व्यामशाला भन्दा फरक किसिमको विषेशता युक्त यस व्यामशालामा दैनिक चार बढी महिला र पुरुष युवाहरुले शारीरिक अध्यास गरि आएको सञ्चालक विनोद भट्टराईले बताए ।
उनका अनुार वेष्ट फेक्टरीले अव दमकमा व्यवस्थित एउटा फूटसल स्थापना गर्ने तयारी गरेको छ भने वडीविल्डीङ्गका लागि त्यस किसिमको प्रतियोगिता गर्ने योजना रहेको छ ।

Facebook Comments Box