दमक/ दमकको उत्तरी क्षेत्रमा रहेको हंसेदुम्से सामुदायिक वनमा आगो लागेको छ । दमक ३ स्थित बाघखोर चोकमा रहेको वडा कार्यालयबाट उत्तर तर्फ जंगलमा आज साँझदेखि लागेको आगो फैलिँदै गएपछि दमक नगरपालिकाको वारुण यन्त्र त्यहाँ पुगेको वन उपभोक्ता समुहका सचिव विरेन्द्र पोखरेलले जानकारी दिए । जंगलमा के कारणले आगो सल्किएको हो भन्ने विस्तृत खुलेको छैन ।