कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Nishkarsha News
२०७९ फाल्गुन १८, बिहीबार १७:३६

झापा/ झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकी पैदल यात्री कनकाई नगरपालिका–३ कि ३६ बर्षीया सावित्रादेवी भण्डारीलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा तत्कालै उनको मृत्यु भएको हो । ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्यानन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्