विर्तामोड/ झापाको विर्तामोडमा मारुती भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जना बृद्धाको मृत्यु भएको छ ।
बिहिबार साँझ बिर्तामोडस्थित पश्चिम बस स्टेनमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ६६२६ नम्बरको मारुती भेन र उत्तरबाट दक्षिण तर्फ बाटो क्रस गर्दै गरेको मे१०प १६१९ नम्बरको मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा इलाम माइनगरपालिका ८ की फेनुका दाहालको मृत्यु भएको हो ।
एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृतक दाहाल आफनै नाती सुमन दाहालले चलाएको मोटरसाइकलमा सवार थिइन । ८९ बर्षिया दाहालको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

Facebook Comments Box