दमक/ बिराटनगर महानगरपालिका–१५ बाट श्रोत नखुलेको साढे ३ लाख रुपैयाँसहित सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन । हिजो सोमबार बेलुका इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोटसहित पक्राउ गरेको हो ।
सरबरीयालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।

 

Facebook Comments Box