दमक– लखनपुर भेट्रान्सले जित्यो बिर्तामोड भेट्रान्स फुटबलको उपाधि

Author Nishkarsha News
२०७९ माघ १९, बिहीबार २१:३९
दमक/  तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक –लखनपुर भेट्रान्स फुटबल क्लवले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइनल खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउदै उपाधि जितेको हो ।
उपाधिसंगै विजेता क्लवले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वनेको धुलावारीले भने नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेर चित बुझाउनु परेको थियो । धुलाबारी भेट्रान्स फुटबल क्लबले धरमपुर भेट्रान्स फुटबल क्लबलाई ४—१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने दमक लखनपुर भेट्रान्स फुटबल क्लबले चन्द्रगढी भेट्रान्स फुटबल क्लबलाई टाइब्रेकरमा हराएर अन्तिम फाइनल यात्रा तय गरेको थियो । आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको थियो । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए । प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद दुई हजार १०० बाट पुरस्कृत गरेको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्