सडकमा थ्रेसर गरे पाँच हजार जरिवाना

Author Nishkarsha News
२०७६ जेष्ठ १५, बुधबार ११:०९

दमक/झापाको कमल गाउँपालिका वडा नं १ ले सडक सुरक्षाका लागि कडा कदम चालेको छ ।

वडा कार्यालयले सो वडा भित्र कुनैपनि सडकमा अवरोध पुग्ने गरि धान थ्रेसर गर्ने, चौपाया बाँध्ने जोकोहीमाथि पाँच हजार रुपैयाँ सम्म जरिवाना गरी क्षतिपूर्ति समेत तिराउने भएको हो ।

वडा कार्यालयका तर्फबाट वडाध्यक्ष केदार कटुवालले हस्ताक्षर गरी आज जारी गरेको सार्वजनिक सूचनामा बाटोघाटोमा धान थ्रेसर लगाउने क्रममा सडकको आवतजावतमा अवरोध पुग्नुका साथै सडकमा क्षति समेत भएकाले त्यस किसिमको निर्णय गर्नुपरेको उल्लेख छ । सो सूचनाको वेवास्ता गरेमा धान थ्रेसर गराउने, गर्ने दुवैपक्षलाई कारवाही गरिने पनि जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्