दमक/  दमक उद्योग वाणिज्य संघको माघ ६ गते हुने निर्वाचनमा विमल खतिवडा नेतृत्वको टिमको उम्मेदवार सार्वजनिक कार्यक्रम गरिएको छ ।
दमकमा हिजो एक औपचारिक कार्यक्रमा गरी खतिवडा नेतृत्वको प्यानलका उम्मेदवारहरु सार्वजनिक गरिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट ब्यवसायी संगठनका तर्फबाट नेपाल उद्योग तथा ब्यवसायी महासंघका केन्द्रीय सदस्य गणेश बस्नेतले वाणिज्य संघको निर्वाचनको अध्यक्षका उम्मेदवार खतिवडा नेतृत्वको प्यानलको घोषणा गरे ।
सो प्यानलबाट वरिष्ठ उपाध्यक्ष राजन दंगाल (राजेन्द्र), प्रथम उपाध्यक्ष भरत चौलागाई, द्धितिय उपाध्यक्षमा लक्की सिटौला (विन्दु) र तृतीय उपाध्यक्षमा असिम राई उम्मेदवारका रुपमा रहेका छन ।
यसैगरी, सदस्यहरुमा मोहन मगर (मिन), उमेश गजमेर, लोकनाथ सापकोटा, चिरन न्यौपाने , कविता अधिकारी र डम्वर बहादुर खड्का उम्मेद्धवार रहेका छन् । लेखा समिति संयोजकमा मुकुन्द्र आचार्यको उम्मेदवारी रहेको छ । घोषणा कार्यक्रममा पार्टी केन्द्रीय सदस्यद्धय रोमनाथ ओली, गीता अधिकारी, प्रदेश कमिटी सदस्य समेत रहेका निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी, दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष घनेन्द्र सुब्बा, संघकै पूर्व उद्योग सचिव शंकर बस्नेतले शुभकामना राखेका थिए ।
सो टिमको निर्वाचन परिचालन मूल समितिको नेतृत्व प्रकाश अधिकारीले गरेका जनाइएको छ । समितिमा याम जी श्रेष्ठ सहसंयोजक र सचिव सुयोग खरेल रहेका छन । कार्यक्रममा दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष घनेन्द्र सुब्बा, संघकै पूर्व उद्योग सचिव शंकर बस्नेतले सो प्यानललाई समर्थनको प्रतिबद्धतासहित शुभकामना राखेका थिए । नेपाल उधोग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीका कार्यवाहक अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सो कार्यक्रम भएको बताइएको छ ।

                                                                                                                                                                                             ( स्रोत हाम्रो सरोकार डटकम र फेसबुक)

Facebook Comments Box