दमकमा थप चार जना लागुऔषध कारोबारी पक्राउ

Author Nishkarsha News
२०७९ पुष २१, बिहीबार २२:१७

दमक/   दमकबाट बिहिबार साँझ प्रतिबन्धित लागुऔषधसहित थप चार जना पक्राउ परेका छन । साँझ करीब ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेबाछ सोही ठाउँका ३६ बर्षिय सन्तोष राजवंशीको घरबाट राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य तीन जनामा सोही ठाउँका ३६ बर्षिय लिला कुमार बुढाथोकी, २८ बर्षिय केशव धिमाल र वडा नं १ का ३१ बर्षिय सन्दिप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को.१४ प.७७८४, मे.८.प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई लाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यसअघि बुधबार मात्रै दमक १ श्रीपाली चोकबाट ३९ बर्षिय धनराज आले र दमक चियादोकान चोकबाट २६ बर्षिया अनिसा कार्कीलाई पक्राउ परेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्