एमाले प्रमुख सचेतकमा भण्डारी

Author Nishkarsha News
२०७९ पुष २१, बिहीबार १७:४४

बिराटनगर/ नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन हुनुभएको छ ।

संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्