दमक/ दमक युथ क्लबले बर्षेनी आयोजना गर्दै आएको वनभोजसहितको साधारण सभा यस पटक शुक्रबार सम्पन्न गरेको छ । पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजित साधारण सभाले पारसमणी आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आचार्यको अध्यक्षतामा गठित क्लबको नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन आचार्य ,सचिवमा सन्जित रौनियर , सहसचिवमा प्रविण जैसवाल र कोषाध्यक्षमा राजु श्रेष्ठ चुनिएका छन् ।
क्लबका निवर्तमान अध्यक्ष काजी लाम्गादेको अध्यक्षतामा भएको साधारण सभाबाट कार्यसमिति सदस्यहरुमा विवेक लाम्गादे, सुमन खतिवडा , सन्तोष थापा र सुजित शाह चुनिएका छन् । २०७१ सालमा स्थापना भएको सो क्लवले बर्षेनी दशैंको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ ।
साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाई, उपसभापति सागर खनाल, सचिव दिपेश दाहाल,प्रदेश सभा (२ ) का सभापति रवि न्यौपाने, क्लवका संरक्षक, पदाधिकारी,सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
