सुन्दर समाज र फर्निचर व्यवसायीको पहलमा मृतक परिवारलाई सहयोग

Author Nishkarsha News
२०७९ पुष १५, शुक्रबार ०८:१३

दमक/दमक ५ की ८४ बर्षिया एक बृद्धाको मृत्युपछि दमकस्थित फर्निचर व्यवसायी संघ र सुन्दर समाज नेपाल नामक सामाजिक संस्थाले उनको परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।
उद्यमी, व्यवसायी महिला नेतृ विन्दु सिटौला (लक्की) को अगुवाईमा मृतक परिवारलाई नगद सहायता प्रदान गरिएको हो । दमकका सक्रिय महिला नेतृहरु आवद्ध सुन्दर समाज नेपालकी अध्यक्ष तथा फर्निचर व्यवसायी संघ दमककी उपाध्यक्ष सिटौलाले संस्थामा आवद्ध सदस्यहरुबाट र फर्निचर व्यवसायी संघको तर्फबाट समेत नगद ११ हजार रुपैयाँ मृतकको परिवारलाई बिहिबार घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिइन ।
सो अवसरमा संस्थाका नेतृत्वकर्ताहरु सहभागी भएका थिए ।
४ महिना अघि उपचार तथा उचित स्याहार सुसारको अभाव झेलिरहेकी ति बृद्धालाई सिटौलाकै पहलमा दमक नगर उपप्रमुख रेगिना भट्टराई मार्फत उद्धार गरी दमक अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य र सरसफाईका हिसाबले उहाँ निक्कै समस्यामा हुनुहुन्थयो, त्यो अवस्था देखेर हामीले उद्धार गरेका थियौं तर उहाँको निधन भएको खबरले हामीलाई दुखित बनायो – सिटौलाले भनिन ।
ति बृद्धाको परम्परा अनुसार कन्काई नदीमा अन्त्येष्टी गरिएको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्