नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको थियो । यसअघि मूल्य घटेर आउँदा पनि इन्धनको मूल्य नघटाएको निगमको आलोचना भइरहेका बेला यस पटक भने इन्धनको मूल्य घटाएको छ ।