दमकमा शुरु भयो लाखे नाच …………

Author Nishkarsha News
२०७६ श्रावण २०, सोमबार १५:५७

दमक/बर्षैभरी दिवंगत भएका आफन्तजन तथा पितृहरुको सम्झना गर्दै नेवारी समुदायमा विशेष महत्वका साथ एक महिना सम्म निकालिने लाखे नाच तथा गाईजात्रा सोमबार दमकमा समेत निकालिएको छ ।

झिंगु समाज दमकको आयोजनामा निकालिएको नाच दमक १ स्थित दुर्गा मन्दिर अगाडीबाट शुरु भई दमकको मुख्य भाग परिक्रमा गर्दै नगरपालिका रोडस्थित झिंगु समाजको कार्यालय सम्म पुगेको थियो ।

 

सो नाचमा नेवारी समुदायका महिला तथा पुरुषहरु परम्परागत भेषभुषामा सजिएर पितृ उद्धारको कामना गर्दै सहभागी भएका थिए । गाईजात्रा पर्व भने भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्छ । आफ्ना नजिकका मानिसको निधन भएपछि उनीहरूको सम्झनामा गाईलाई अघि लगाएर विभिन्न भेषभूषासहित जात्रा निकालिने यो पर्वले एकातिर पुर्खाप्रति सम्मान जनाएको आभास दिन्छ भने अर्काति शोकको घडीमा धैर्यधारण गर्ने प्रेरणा दिने संस्कृतिविद्हरूको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्