दमक/ दमक १ स्थित संगम चुलाचुली टोल बिकास संस्थाको साधारणसभा सम्पन्न भएको छ । दमक नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यमा भएको साधारण सभाले सुमित्रा प्रसाईको अध्यक्षतामा टोल बिकास संस्थाको नयाँ कार्य समिति चयन गरेको छ समितिको उपाध्यक्षमा त्रिलोचन रेग्मी ,सचिवमा किसन राई कोषाध्यक्षमा सीता देवी गौतम र सहसचिवमा बिमला राई बेघा चयन भएका जनाइएको छ ।

टोललाई सरसफाइ राख्दै हरित नगरको परिकल्पना साकार पार्न सहयोग गर्ने विश्वास गर्दै नगर उपप्रमुख भट्टराईले नगरले टोलबासीलाई आवश्यक पर्ने सडक बत्ती ,सडक ,स्वास्थ्य शिक्षा लगायतका बिषय नजिकबाट हेर्ने प्रतिबद्धता व्यक्त गरिन ।

Facebook Comments Box