दमक/पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट एक बृद्धकोे मृत्यु भएको छ ।
राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३७ प ३२०९ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटो काटदै गरेका पैदल यात्री ६५ बर्षिय बल बहादुर कार्कीको मृत्यु भएको हो । बिहीबार बेलुकी पौने ७ बजे भएको सो दुर्घटनामा मोटरसाइकल चालक बेलबारी ११ का २१ बर्षिय सुमन तामाङको टाउकोमा चोट लागेको छ । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।