दमक/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कसैले प्रधानमन्त्री हुने चहाना राख्दैमा पूरा हुन नसक्ने बताएका छ्न ।
कांग्रेस संसदमा सबैभन्दा ठुलो दलको रुपमा स्थापित हुने निश्चित भएसंगै नेताहरुले प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गर्ने क्रम बढेको तर्फ संकेत गर्दै विराटनगर महानगरपालिका ९ स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ।
प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन । संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ । पहिले संसदीय दलको नेता हुनुपर्याे नि , उनले भने, यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन । पहिले त यसमा हामी कुरा गर्छाैँ । सभापति (शेरबहादुर देउवा, वरिष्ठ नेता (रामचन्द्र पौडेल) र अरु नेतासँग पनि हामी कुरा गर्छाैँ । त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निक्र्याेल हुन्छ ।
कोइरालाले निर्वाचन भइसकेर नतिजा आइसकेको अवस्थामा अब यो वा त्यो भनेर अल्झिरहनुको अर्थ नरहने बताएका छन ।
‘पार्लियामेन्ट्री पार्टीको लिडरसिपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले अगाडि भने,‘ हामीले कोशिस गर्ने हो नम्बर र्पुयाउन । नम्बर गेम लिन प्रयास गर्ने हो, तर नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन।’ उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए पनि दलको नेता को बन्ने कुरा खुलाउन चाहेनन्। ।
‘नम्बरको गेम हुन्छ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छैन ?,’ उनले भने,‘ कसको नम्बर के छ भनेर हेर्नु परेन?’ तर नेता कोइरालाले कांग्रेसकै नेतृतवमा सररकार बनेर गठबन्धनका दलहरु साथै रहने पनि उल्लेख गरे ।
चुनाव भइसकेको छ । रिजल्ट आइसकेको छ । अब त हामी सबै क्लियर हुनुपर्याे, उनले भने, ुगठबन्धनको सरकार बन्छ, कांग्रेस नेतृत्वमै गठबन्धन बन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीहरु हामीसँगै हुन्छन ।
कोइरालाले मुलुकको समृद्धिका लागि सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी पनि बताएका छन ।
कोइरालाले मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको बताए । उनले लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको पनि जिकिर गरे ।
