दमक/ झापाको निर्वाचन क्षेत्र नं ४ मा अहिले सम्म भएको मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ । एमालेका लाल प्रसाद साँवा र राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल कहिले अघि कहिले पछि हुँदै प्रतिस्पर्धा गर्दैछन भने कांग्रेसका देउमान थेवे पनि उनीहरुलाई पछयाइरहेका छन ।
२१ हजार ७ सय ६८ मत गणना हुँदा सार्वजनिक भएको मत परिणाम अनुसार साँवाले ७ हजार २१० मत ल्याएर अग्रता लिएका छन भने उनलाई ढकालले ६ हजार ६३० मत र कांग्रेसका थेवेले ५हजार २६५ मतसहित पछयाइरहेका छन ।
अहिले कनकाई–३ को कनकाई मावि मतदान स्थल र कनकाई–६ स्थित चम्पापुर मावि मतदान स्थलको एक ठाउँमा र अर्काे ठाउँमा कनकाई माविकै साथमा जामुनबारीस्थित सरस्वती मावि मतदान स्थलको मत गणना भइरहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
झापा क्षेत्र नं.४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेकोमा यस क्षेत्रमा ७९ हजार ३४९ मत खसेको बताइएको छ ।
झापा ४ मा ढकाल र थेवेलाई पछि पार्दै साँवा अघि लागे
Nishkarsha News
२०७९ मंसिर ६, मंगलवार १४:५५