दमक/ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले बिहीबारदेखि जिल्लाभरीका सबै टोलमा घरदैलो कार्यक्रम सुरु गरेको छ । बिहान ७ बजेर ३० मिनेटमा एकै साथ नेता, कार्यकर्ता तथा उम्मेद्वारहरु पार्टीको घोषणा पत्र सहित मतदाताको घर घरमा पुग्न शुर गरेका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी समेत रहेको झापा क्षेत्र नं. ५ को दमक ५ मा पोलिटव्युरो सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहाल सहितका नेता कार्यकर्ता पुगेर अभियान शुभारम्भ गरेका थिए । त्यस क्रममा नेता दाहालले देशलाई विकासको गतिमा अघि बढाउन एमालेका उम्मेद्वारको विकल्प नरहेको जिकिर गरे ।
यसैगरी पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका हिक्मत कार्की आफ्नो उम्मेद्वारी रहेको झापा क्षेत्र नं. ५ (१) मा मतदाताहरुका विचमा व्यस्त रहेका छन । विगतमा एमाल नेतृत्वको सरकार हुँदा शुरु भएका विकास निर्माणका कार्यहरुको निरन्तरताका लागि एमालेको बिजयी आवश्यक रहेको उनको जिकिर थियो ।
यस्तै झापा क्षेत्र नं. ५ (२) का उम्मेद्वार होमबहादुर थापा समेत विभिन्न टोल र वस्तिमा पुगेका छन । स्थानीय क्षेत्रको विकासका लागि विगतमा एमालेले शुरु गरेका कार्यक्रम एमालेको सरकार आए मात्र पूरा हुने दाबी गरे । झापामा १ संघिय र २ प्रदेश सभा क्षेत्रमा राप्रपासँग एमालेले तालमेल गरेर चुनावमा होमिएको छ भने देशका कतिपय जिल्लामा जनता समाजवादी पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालसंग समेत एमालेले चुनावी तालमेल गरेको छ । पार्टीले सवै वडा तथा टोल तह सम्मनै निर्वाचन परिचालन कमिटी बनाई निर्वाचन अभियानलाई जनस्तर सम्म पुरयाएर एमालेको आवश्यकता , एमालेले ल्याएका देश बिकासका एजेण्डाहरुका बारेमा मतदातालाई सुसूचित गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।

Facebook Comments Box