दमक/ दिपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ का १४ वर्षीय शिवराज यादवको बत्ती जोडने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

 

Facebook Comments Box