दमक/ १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको नयाँ नेतृत्व चयन भएको छ । आइतबार कल्पना गिरीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरिएको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको संघको भेलाले ९ सदस्यीय समिति चयन गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारहरुलाई सामाजिक सेवाको लागि अभिप्रेरित गराउने उद्धेश्यले २०४१ साल भाद्र ४ गते नेपालमा पहिलो पटक नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना गरिएको थियो । यसैको भगिनी संस्थाको रुपमा प्रदेश प्रहरी श्रीमती संघ स्थापना भएको जनाइएको छ । संघले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलाहरुसंगै सहाराविहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग, स्वास्थ्य शिविरहरु लगायत बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
