दमक/ झापा दमकका टंक ढकालले आफनो पहिचानलाई अझ फराकिलो बनाउँदै लगेका छन ।
२० बर्षदेखि निरन्तर एम्बुलेन्स चालकका रुपमा रहेका उनले २०६४ सालदेखि सञ्चालन गर्दै आएको मेची ग्याँसको व्यवसायलाई बिस्तार गर्दै अन्य व्यापारिक कारोबार समेत थप गरेका हुन ।
ढकालले दमक ९ बरगाछी चोकमा यसअघि सञ्चालन गर्दै आएको शिवानी ट्रेडर्स मार्फत मेची ग्याँसको डिलर सञ्चालन गर्दै आएका थिए । हाल सो व्यवसाय विस्तार गर्दै आफनै निवासमा शिवानी ट्रेडर्स मार्फतनै किचन गुडस , गिफ्ट आइटम र बिद्युतीय सामग्रीको होलसेल व्यापार शुरु गरेका हुन । सो व्यवसायिक फर्मको शुक्रबार बैदिक विधि अनुसार उदघाटन गरिएको छ ।
ढकाल हाँस्यकलाको विधामा समेत पोख्त छन । उनमा हाँस्यव्यंग्य प्रस्तुत गर्ने कला क्षमता विशेष किसिमको छ ।
