दमक/ यसबर्षको दशैं दमकका जनप्रतिनिधिहरु तीन परिवारका लागि शोकमा बितेको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा र वडा नं ७ का वडाध्यक्ष भिम पौडेलको परिवारमा दशैं पारिवारिक वियोगको शोकमा बितेको हो । दशमी अर्थात दशैं टिकाको पहिलो दिननै दमक २ का वडाध्यक्ष सापकोटाकी नातिनी सुकृति सापकोटाले सर्पको डसाइका कारण अल्पायुमै ज्यान गुमाउनु पर्यो ।
उपप्रमुख भट्टराईका ससुरा बुबा दमकका चिरपरिचित शिक्षासेवी एवं सामाजिक व्यक्तित्व कोमल प्रसाइँको फुलपातीको भोलीपल्ट महाष्टमीको दिन उपचारका क्रममा काठमाडौंमा निधन भयो । स्वर्गीय प्रसाइँ श्वासप्रश्वास सम्बन्धि रोगबाट पीडित थिए । त्यसैगरी दमक ७ का वडाध्यक्ष एवं राप्रपाका क्षेत्रीय अध्यक्ष भिम पौडेलकी आमा हर्कमाया पौडेलको १४ असोज अर्थात दशैं शुरु भएको चौथो दिननै निधन भयो ।


शोकमा वित्यो दमकका तीन जनप्रतिनिधिका परिवारको दशैं
Nishkarsha News
२०७९ आश्विन २४, सोमबार १५:१८