महाभाराको साविक ५ ले जित्यो फुटबल प्रतियोगिताको उपाधी

Author Nishkarsha News
२०७९ आश्विन १६, आईतवार १८:१७

दमक/ झापाको गौरीगञ्ज १ महाभारामा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि साविक महाभारा ५ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा साविकको वडा नं ४ लाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै साविक ५ ले प्रतियोगिता जित्न सफल भएको हो ।


सो जितसंगै साविक वडा नं ५ को टिमले नगद २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ भने उपविजेता साविक वडा नं ४ ले नगद १० हजार रुपैयाँमा चित्त बुझाएको छ । ति पुरस्कारसंगै दुवै टिमले ट्रफी , मेडल र प्रमाण हात पारेका छन । सो प्रतियोगिताको समापनमा बेस्ट प्लेयरको उपाधी देवी राईले जितेका छन भने सर्वाधिक गोलकर्ताको उपाधी सविन राईले जितेका छन ।

गौरीगञ्ज १ स्थित वडा खेलकुद बिकास समितिको आयोजनामा निर्माणाधिन खेलमैदानमा भएको प्रतियोगिताको समापन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।
आयोजक समितिका अध्यक्ष टिकाराम श्रेष्ठ दिपकको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी राजवंशी, विशेष अतिथी वडा सदस्य राजभक्त सुनुवार, पूर्व वडा सदस्य टंक श्रेष्ठ, सशस्त्र प्रहरी निरिक्षक रविन खडका, गौरीगञ्ज बहुमुखी क्याम्पस स्ववियु सभापति देव ताजपुरिया, साना किसान कृषि सहकारी संस्था महाभाराका सञ्चालक श्रवणकुमार गोप लगायतको आतिथ्य रहेको थियो । विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथी, अतिथीहरुले पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा कूल १४ वटा टिमले भाग लिएका थिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्