दमक/ दमक ९ स्थित निम्स नेशनल हस्पिटलले बडादशैं, दिपावली , छैठ पर्वका साथै नेपाल सम्बत ११४३ को अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
दमक र आसपासमा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरु समेतलाई सहभागी गराएर शुक्रबार साँझ आयोजना गरिएको सो कार्यक्रमका वक्ताहरुले सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाहरुबीच सहकार्यको आवश्यकता औंल्याए ।


वक्ताहरुले दमक र आसपासका क्षेत्रका नागरिकहरुको स्वास्थ्योपचार सेवामा निम्स अस्पतालले निर्वाह गरिरहेको भुमिकाको समेत चर्चा गरे ।
अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा आम्दा अस्पतालका प्रशासकिय प्रमुख सुमन नेपाल, गौरीगञ्ज अस्पतालका मेसु विनोद साह, प्राध्यापक संघ दमक बहुमुखी क्याम्पसका अध्यक्ष राम गिरी, निम्स अस्पतालका सर्जन तथा सिनियर डा. रविन रञ्जितकार, नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति सदस्य विष्णु सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अस्पताल व्यवस्थापन समितिका सचिव रोशन विष्टले सञ्चालन गरेको कार्यक्रममा अस्पताल सञ्चालक चन्द्राकुमारी खडका भटटराईले स्वागत मन्तव्य राखेकी थिइन । सो अवसरमा अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सकहरु, शेयरधनी एवं सामाजिक तथा स्वास्थ्य सरोकारवालाहरुका साथै सुरुङगा, गौरीगञ्ज, पथरी, मधुमल्ला, लेटाङ, कानेपोखरी लगायतका क्षेत्रबाट स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments Box