दमक/ दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवं राप्रपा नेता भिम पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा हर्कमाया पौडेलको ८८ बर्षको उमेरमा शुक्रबार बिहान ९ बजे निधन भएको हो ।
दमक ७ लेखनाथ चोक निवासी स्वर्गीय पौडेल लामो समयदेखि दम रोगबाट पीडित थिइन ।

पछिल्लो समय स्वास्थ्यमा थप समस्या भएपछि लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो । मृतक पौडेलका चार छोरा, बुहारी नाती नातिना र चार छोरी छन । स्वर्गीय पौडेलको दाहसंस्कारका लागि आज दिउँसो १ बजे कन्काई घाट लगिने पौड्याल वंशोद्धार समिति दमकका सचिव हरि पौडेलले जानकारी दिए ।

Facebook Comments Box