दमक/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ झापा जिल्ला युबा कमिटी गठन भएको छ । बुधबार आयोजित भेलाले दमककी इन्द्रकला पण्डितको अध्यक्षतामा ५६ सदस्यीय कमिटी गठन गरेको हो ।
गठित कमिटीको उपाध्यक्षमा साधना गजमेर (अर्जुनधारा) सचिबमा स्वस्तिका सापकोटा (कन्काइ), सहसचिबमा शर्मिला बिश्वकर्मा (मेचीनगर) र कोषाध्यक्षमा सृजना अधिकारी (भद्रपुर) रहेका संगठनकी अनेमसंघ प्रदेश युवा कमिटी अध्यक्ष शुभेच्छा अधिकारी सापकोटाले जानकारी दिइन ।
