दमक/ विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन । पार्टी प्रवेशससंगै उनले राप्रपामा वरिष्ठ उपाध्यक्षको पद पाएका छन । मिश्रले यसअघि विवेकशील साझा पार्टीबाट राजीनामा दिदैं एक पत्र सार्वजनिक गरेका थिए ।
यद्यपी आज मिश्रलाई स्वागत गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई भने दुई पार्टीबीचको एकता घोषणा कार्यक्रम नाम दिइएको छ । त्यहाँ एकता घोषणा पत्र भन्दै राप्रपा अध्यक्ष लिङ्देन–मिश्रले हस्ताक्षर समेत गरेका छन् । घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् । त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ ।

Facebook Comments Box