दमक/ दमकको फुटपाथ ब्यवस्थापन गर्दै बजार व्यवस्थित गर्ने बिषयमा आज सरोकारवालाविच छलफल भएको छ । सो अवसरमा दमकलाई व्यवस्थित बनाउन सडक र सार्वजनिकस्थलमा रहेको अतिक्रमण हटाउनु पर्ने सरोकारवालाहरुले दिएका छन ।
दमक नगर उपप्रमुख रेगिना भटटराईले नगरपालिकाले सुचना जारी गरेर फुटपाथ खाली गराउन आग्रह गरेको बताइन । समय भित्र खाली नगराए प्रशासनको सहयोगमा खाली गराउने उनले बताइन । दमक बजारको पार्किङ समस्या समाधानका लागि खाली जमिन खोजी भइरहेको भन्दै जग्गा भाडामा लिएर भएपनि ब्यवस्थित पार्किङस्थल बनाउने योजना रहेको बताइन ।
चाडपर्वको समयमा मानिसहरुको चहलपहल अझ बढी हुने भएकोले यो बेलामा सुरक्षा निकायको परिचालन समेत पहिलाको तुलनामा बाक्लो हुन सके मात्रै बजार सुरक्षित हुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराइन ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीले व्यवस्थित शहरिकरणको लागि आवश्यकता अनुसार प्रहरी परिचालन गरिने बताए । कार्यक्रममा दमक वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, २ का वडाध्यक्ष प्रजापति सापकोटा , वडा नं ७ का वडाध्यक्ष भिम पौडेल र ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालसहित दमक उद्योग बणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, साथीभाई समुहका अध्यक्ष गंगा सिटौला, सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरीराज भट्टराई, सब्जी व्यवसायी, यातायात व्यवसायी लगायतले सडकको अतिक्रमण हटाउन सबैको सहयोग र समन्वयमा जोड दिए ।
छलफलमा नगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेर अतिक्रमित क्षेत्र खाली गराउने निर्णय पनि भएको छ ।
