दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ स्थित गुह्येस्वरी आधारभुत बिद्यालयमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ ।
मौसम परिवर्तनसँगै अधिकांश बिद्यार्थीहरुमा स्वास्थ सम्बन्धि विभिन्न समस्या देखापरेपछि स्वास्थ्य चेतना समेत जगाउने उद्धेश्य राखेर गुह्येस्वरी सामाजिक सस्था परिवारको समन्वय र ५ नम्बर वडा कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

सो शिबिरमा बिद्यालयका बिद्यार्थीहरु , शिक्षक, अभिभावक समेतको स्वास्थ परिक्षण गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष लाल बहादुर बिष्ट ,पूर्व वडा अध्यक्ष , बिद्यालय व्यवस्थापन समिति अध्यक्ष ,बाल क्लव लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सामाजिक कार्य गर्ने उदेश्यका साथ १५ सदस्य कार्य समिती सहित बि .स. २०७९ मा स्थापना भएको सो संस्थाले सडक बत्ती जडान ,गाउँ सफाई, हात्ती प्रभाबित क्षेत्रमा आवश्यक सहयोग समेत प्रदा गर्दै आएको आयोजक संस्थाका अध्यक्ष गोपाल निरौलाले बताए ।
