दमक/ कोशी राजमार्गमा ग्याँस बोकेको पिकअप गाडीसंग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य दुई जना घाईते भएका छन । आज दिउँसो करिब साढे १२ बजे दुहबी ३ फुटानी चोकस्थित सो राजमार्गमा भएको सो दुर्घटनामा प्रदेश न.१–०४–००१ प ८१३८ नम्बरको मोटरसाइकलका चालक मोरङ धनपालथान २ का अन्दाजी २० बर्षिय धिरज मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही ठाउँका २० बर्षिय अनिल देव र १६ बर्षिय चक्र देव घाईते भएका हुन ।

 

Facebook Comments Box