दमक/दमकमा क्रियाशील चार वटा लायन्स क्लब र लियो क्लब अफ इष्टर्न लायनले आज दमकको उत्तरी क्षेत्रमा अवस्थित हंसेदुम्से सामुदायिक वन परिसरमा वृक्षारोपण गरेका छन् ।
लायन्स क्लब अफ दमक इष्टर्न लायन, दमक गोल्ड, युनाइटेड र बेलसिटीले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानका गभर्नर इन्द्र खत्री ( राजन)को प्रमुख आतिथ्य र इष्टर्न लायनका अध्यक्ष तुल्सीराम तिम्सिनाको सभापतित्वमा भएको वृक्षारोपण कार्यक्रममा एरिया चिफ ववरजंग थापा,एरिया को अर्डिनेटर अजय अग्रवाल, रिजन चेयर पर्सन रामचन्द्र बराल लगायतका लायन्स लिडरहरुको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा लायन्स क्लबका पदाधिकारीहरु, सदस्यहरु तथा लियो क्लबका बालबालिकाहरु उल्लेख्य संख्यामा सहभागी भएका लायन्स क्लब इष्टर्न लायनका सेक्रेटरी राज अग्रवालले जानकारी दिए । सो ठाउँमा लायन्सको मेघा ट्रि प्लान्टेशन प्रोग्राम अन्तर्गत विभिन्न प्रजातीका एक हजार विरुवा रोपिने इष्टर्न लायनका अध्यक्ष तथा वृक्षारोपणका नेतृत्वकर्ता तिम्सिनाले जनाएका छन् ।