दमक/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

विर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले पुरानो कार्यसमिति विघटन गर्दै नयाँ कार्यसमितिको पहिलो बैठकले प्रशान्त थापालाई पार्टीको जिल्ला सचिवमा चयन गरेको सो पार्टीले जनाएको छ ।
पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएका सचिव थापा सहित नवनिर्वाचित कमिटीलाई जिल्ला इन्चार्ज सुमन लिम्बूले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश राई र पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले बधाई तथा शुभकामना दिएका थिए ।

Facebook Comments Box