वडाध्यक्षले चलाएको कारको ठक्करबाट मृत्यु, मृतकको पहिचान खुलेन

Author Nishkarsha News
२०७९ भाद्र ५, आईतवार ११:३७

दमक/  शनिबार राती करिब पौने ९ बजे दमकमा बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दमक ४ चियाबगानस्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा९च ९६७३ नम्बरको कारले ठक्कर दिँदा घाईते भएका पैदलयात्रीको लाइफलाइन अस्पतालमा ल्याउनासाथ मृत्यु भएको थियो । अन्दाजी ४०/ ४५ बर्षका ति पुरुषको यो समाचार तयार पर्दा सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्