विर्तामोड/ झापाका तीन पत्रकारलाई आज एक कार्यक्रमबीच डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।  कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार २०७७  जीएन शर्मा, २०७८ राजु पाठक र २०७९ बर्षकाे लीलाराज खड्का (झापाली) लाई प्रदान गरिएकाे छ ।

विर्तामोडमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्व संचार मन्त्री राम कार्कीको प्रमुख आतिथ्य र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषी मन्त्री झलकसिंह दर्लामीको विशेष आतिथ्यमा आयोजित कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले पनि शुभकामनम मन्तव्य राखेका थिए । पुरस्कृत तीनै जना पत्रकारलाई जनही २१ हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सो अवसरमा प्रमुख अतिथी कार्कीले देवकुमार आचार्य डी कौडिन्यले समाज परिवर्तनमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनले देखाएको बाटोमा हिंडनु कर्तव्य भएको बताए ।
केन्द्रिय सदस्य प्रदेश नम्बर एकका कृषि मन्त्री दर्लामी मगरले सम्मानित पत्रकारको थप प्रगतिको कामना गर्दै राज्य परिवर्तनमा आचार्यले गर्नु भएको योगदानलाई बिर्सन नहुने बताए ।

Facebook Comments Box