शेर बहादुर भट्टराइ राजनीतिसंगै सामाजिक क्षेत्रमा झापामा चिनिएको नाम हो । अढाई दशकदेखि नेपाली कांग्रेस राजनीतिको अभिच्छिन्न यात्रामा रहेका भट्टराईको पार्टी र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् ।


पार्टीको दमक नगर उपसभापति रहेकै बखत सभापति जित बहादुर खडकाको राजीनामा पछि कार्यवहाक नगर सभापति भएर कांग्रेस दमकलाई नेतृत्व प्रदान गरेका भट्टराई अहिले झापा जिल्ला उपसभापतिका रुपमा छन । शालिन र भद्र स्वभावका नेता भटटराई पूर्व शिक्षक पनि हुन । भट्टराईको कार्यकालमा नै कांग्रेस दमक र क्षेत्रीय समितिका भवनहरुको निर्माण भएको हो ।

भट्टराईले आफनो कार्यकालमा पाउने गरेको सफलताको एउटै शुत्र हो आर्थिक पारदर्शीता । उनी कांग्रेसमा दुई कार्यकाल (११ औं र १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति पछि पार्टीको १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य चुनिन सफल भएका थिए भने १४ औं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भएका हुन । उनकै कार्यकालमा दमकमा कांग्रेसको पार्टी कार्यालय तत्कालिन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाबाट शिलान्यास गरिएको थियो ।

४ मसिंरमा हुने संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको निर्वाचनले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको अपेक्षा छ । आसन्न निर्वाचनमा पाँच दलीय गठबन्धनबाट सम्भावित उम्मेदवारका रुपमा समेत हेरिएको छ । भटटराईले झापा क्षेत्र नं ५ खबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बन्ने इच्छा राखेर पार्टी भित्र आन्तरिक लबिगं गरिरहेका बुझिएको छ ।

यद्यपी पार्टी पाँच दलीय गठबन्धन भित्र आसन्न निर्वाचनको परिणाम कांग्रेसको र समग्रमा गठबन्धन दलको पक्षमा आउने सम्भावना औंल्याउँदै भटटराईले त्यसका लागि उम्मेदवारी चयनदेखि निर्वाचन परिचालनमा नेता, कार्यकर्ताहरुले अत्यन्तै चनाखो र इमान्दार भएर लाग्नु आवश्यक भएको बताए ।
पार्टीको वडा तहदेखिनै नेतृत्व परिवर्तन भएको, स्थानीय निर्वाचनले सकारात्मक संकेत गरेको र प्रतिस्पर्धी दलले अघिल्लो निर्वाचनमा लिएको जनमतको कदर गर्न नसकेको कारण पनि अबको चुनावमा मतदाताहरुले राष्टिय हित, सबैको भावना समेटन , लोकतन्त्रको रक्षा र बिकासका लागि पनि गठबन्धन दललाई रोज्ने नेता भटटराईको विश्वास छ ।

सामाजिक क्षेत्रमा योगदान
नेता भटटराईको झापाली भुमीमा राजनीतिसंगै सामाजिक क्षेत्रमा लामो समयदेखिको योगदान छ । दमकमा स्वास्थ्य क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै उनकै नेतृत्वमा स्थापना भएको लाइफलाइन अस्पताल र एडभान्स हस्पिटल अहिले झापामै स्थापित स्वास्थ्य संस्थाका रुपमा छन भने दमकमा यस अघि पहिलो पटक टाफिक भवन , तत्कालिन दिपिनी प्रावि, मेची बोर्डिड स्कूलका साथै वशिष्ट संस्कृत गुरुकुलको समेत स्थापना उनकै नेतृत्वमा गरिएका हुन ।
सहकारी क्षेत्रमा उनको नेतृत्वमा स्थापना भएको उद्धार बचत तथा ऋण सहकारी संस्था पूर्वकै प्रतिष्ठित सहकारीका रुपमा चिनिएको कर्णाली सहकारीसंग गाभिएको छ । यसको दमक सेवा केन्द्र संयोजकका रुपमा भटटराई अहिले पनि क्रियाशील छन ।
भट्टराई कुल वंश प्रतिष्ठानको स्थापना गरेर यसलाई करिब दुई दशकदेखि अभिच्छिन्न रुपमा उनैले नेतृत्व दिएका छन । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिसर रहेको दमकको कृष्णमन्दिरको यो क्षेत्र अहिले स्थानीय पर्यटकहरु आकर्षित गर्न सफल नयाँ पर्यटकीय गन्तव्यका रुपमा बिकास हुँदै गएको छ ।

Facebook Comments Box