सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ मा स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास ६ धनुषाका ३० बर्षिय बालकृष्ण रानामगर रहेका छन ।
बुधवार साँझ ईनरुवाबाट लौकही तर्फ जाँदै गरेको द्यच् ज्ञज्ञ एद्य डण्ज्ञद्द नम्बरको स्कारपियोले विपरित दिशाबाट आउदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box