दमक/ बैदेशिक रोजगारीका लागी मलेसिया पठाउन भन्दै चार जना युवासंग तीन लाख रुपैयाँ लिएर ठगी गर्ने दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर घर भई भक्तपुर सल्लाघारी बस्दै आएका भिम कुमार श्रेष्ठ रहेका छन । उनले रामेछापका कृति कुमार श्रेष्ठबाट ६० हजार ,सप्तरीका प्रबेश प्रधानबाट ८० हजार ,सप्तरीकै किरन कुमर श्रेष्ठबाट ६० हजार , र पाल्पाका दिल बहादुर अर्घाली मगरबाट १ लाख गरि कुल ३ लाख ठगी गरेको बताइएको छ ।
ललितपुरको ग्वार्काेमा रहेको इन्टरनेशनल मेनपावर रेक्रुमेन्टबाट पठाइ दिने भनि सो रकम ठगी गरेको पीडितहरुले बताए छन । सुन्य लागत शुल्कमा वैदेशिक रोजगारीको लागि खाडी तथा मलेशियामा पठाउदै आएको सो मेनपावरले सन २०१६ देखि नै बेरोजगार युवाहरुलाइ श्रम गन्तब्य मुलुकहरुमा पठाउदै आएको दाबी गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने युवाहरुले सिधै मेनपावरमा सम्पर्क गर्न र बिभिन्न जिल्लाहरुमा हुने भिलेज क्याम्पिन इन्टरभ्युमा समेत सहभगि हुन मेनपावरका म्यानेजर मिनबहादुर सुनारले आग्रह गरेका छ्न ।

 

Facebook Comments Box