दैलेख/ चामुन्डाबिन्द्रसैनी नगरपालिका ३ बस्ने २७ वर्षीय पुरुषलाई बन्धक बनाई ७ लाख रुपैयाँ फिरौती मागेको घटनामा संलग्न अभियोगमा ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका ३ बस्ने ३५ वर्षीय लीलाराम विक, ३५ वर्षीय मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका ७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका ६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनू ड्राइभरलाई तपाईको नम्बर दिन्छु भनी बताएको र केही समयपछि लीलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश ०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका ५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएको छ।
