दमक/ कोरोनाका संक्रमितहरु बढ्न थालेपछि दमक नगरपालिका दमक २ बेलडाँगीस्थित साविकको कोभिड उपचार केन्द्रलाई सेवाका लागि तयारी अवस्थामा राखेको छ ।
कोरोनाका नयाँ संक्रमितहरु बढ्दै जाँदा दमकमा उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उपचार केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको दमक नगर उपप्रमुख रेगिना भटट्राई प्रसाइँले जानकारी दिइन । संक्रमितहरुलाई अस्पताल ल्याउनुपर्ने अवस्था आएको खण्डमा तत्कालै उपचार सेवा सूचारु गर्न उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनको भनाई छ ।
उनका अनुसार त्यहाँँ उपचार केन्द्रको सरसफाई गरि अक्सिजन सिलिण्डरहरु भरेर बेड सहित तयारी अवस्थामा राखिएको छ । कोरोनाको नयाँ संक्रमण बढ्न थालेकाले साबधानी अपनाउन नगरबासीलाई आग्रह गरिएको छ ।
कोभिड उपचार केन्द्रमा यस अघिका लहरमा संक्रमितहरुको उपचार गरिँदै आएको थियो । तर संक्रमित बिरामीहरु आउन छाडेपछि उपचार केन्द्र सुनसान भएको थियो । सो उपचार केन्द्रमा ३० बेडको सुबिधासहितको उपचार सेवा सञ्चालनमा रहेको थियो । सो केन्द्रमा आवश्यक परे भेन्टीलेटर पनि उपलब्ध गराएर उपचार गर्ने गरि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

Facebook Comments Box