दमक/ दमक नगरपालिकाको पाँचौ नगरसभाले बजेट पारित गरेको छ ।   नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा निर्धारण समिति संयोजक तथा उपप्रमुख गीता अधिकारीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी थिईन् ।

आगामी आर्थिक वर्षका लागि १ अर्व ६५ करोड ४१ लाख ३५ हजार रुपैयाँको बजेट नगर सभामा पेश गरेकोमा २० करोड रुपैयाँ थप भई पारित भएको हो । यस्तै नगरसभामा न्यायीक समितिकी संयोजक समेत रहेकी उपप्रमुख अधिकारीले समितिको प्रतिवेदन पेश गरेकी थिईन् भने लेखा समितिका संयोजक लक्ष्मीप्रसाद दाहाल र सुशासन समितिका संयोजक पशुपतिराज गौतमले आ आफ्ना समितिका प्रतिवेदन पेश गरेका थिए ।
नगरप्रमुख रोमनाथ ओलीले विशेष प्रस्तावका रुपमा राखेका केहि प्रस्तावहरु समेत सर्वसम्मत् पारित भयो ।

जसमा प्रशासनिक व्यवस्थापन देखिकर्मचारीको सेवा सुविधा लगायत छन् । कार्यक्रममा तत्कालिन नगरपञ्चायतका प्रमुख धनबहादुर श्रेष्ठ, शिक्षासेवी छविलाल सिटौला र विदुर खतिवडा, १ सय ८ पटक रक्तदान गर्ने राजकुमार श्रेष्ठ र पत्रकार टीकाराम उप्रेती लाई सम्मान गरियो । उत्कृष्ट करदाताको रुपमा संस्थागत तर्फ लाईफलाईन लाईन अस्पतालाई सम्मान गरिएको थियो भने कल्पना सुवेदी र गणेशकुमार श्रेष्ठ समेत उत्कृष्ट करदाताको रुपमा सम्मानित भए ।

Facebook Comments Box