काठमाडौं / काठमाडौँको मुलापानीस्थित बाबा चोकमा पर्खालले किचेर एकै परिवारका देउरानी जेठानीसहित ३ जनाको मृत्यु भएको छ ।
टहरमा बस्दै आएका उनीहरुलाई अर्काको घरको पर्खाल भत्किदा लागेर मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर बौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार ज्यान गुमाउनेमा देउरानी–जेठानी र एकजना १० वर्षीय बालक छन् । मृत्यु हुनेहरुमा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन ।